सरकार गठन प्रक्रियामा सहयोग गर्ने राप्रपाको निर्णय

images
  • 87
    SHARES
  • पौष १०, २०७९ आइतबार
    सरकार गठन प्रक्रियामा सहयोग गर्ने राप्रपाको निर्णय
    images

    १० पुस, काठमाडौं

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठन प्रक्रियामा सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले राजनीतिक स्थिरताका लागि सरकार गठन प्रक्रियामा सहयोग पुर्‍याउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

    आइतबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सरकार बनाउने निर्णय गरेको थियो ।

    राप्रपाले कुनै गठबन्धनमा सहभागी हुने विषयमा प्रष्ट निर्णय नगरे पनि सरकार गठनमा सहयोग गर्ने निर्णय भएकाले एमाले नेतृत्वकै नयाँ गठबन्धनलाई समर्थन रहने राप्रपाका एक नेताले बताए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend