देउवालाई राजीनामा दिन गुरुराज घिमिरेको माग

images
  • 108
    SHARES
  • पौष ११, २०७९ सोमबार
    देउवालाई राजीनामा दिन गुरुराज घिमिरेको माग
    images

    काठमाण्डाै - नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

    सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उहाँले देउवाले राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन बोलाइने चेतावनी पनि दिनुभएको छ । 

    'ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ' उहाँले लेख्नुभएको छ। 

    नेतृत्वको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र देउवाको आलोचना भइरहेको छ ।
     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend