पेन्सिलको बोक्रा घाँटीमा अड्केर सास रोकिदाँ ६ वर्षीया बालिकाको मृत्यु

images
  • 99
    SHARES
  • पौष ११, २०७९ सोमबार
    पेन्सिलको बोक्रा घाँटीमा अड्केर सास रोकिदाँ ६ वर्षीया बालिकाको मृत्यु
    images

    भारत, पुस ११

    एक कक्षामा पढ्ने ६ वर्षीया बालिकाको घाँटीमा पेन्सिलको बोक्रा फसेका कारण मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको हमिरपुर जिल्लाकी ती बालिका पेन्सिलको बोक्राका कारण सास रोकिएपछि उनको ज्यान गएको हो ।

     
    ती बालिकाले कटरलाई दाँतले टोकेर पेन्सिल ताछिरहेकी थिइन् । त्यहि क्रममा पेन्सिलको बोक्रा घाँटीमा फस्दा उनको सास रोकिन थाल्यो । परिवारका सदस्यले तत्काल अस्पताल पुर्याउँदा पनि उनको ज्यान जोगाउन सकिएन ।
    कोतवाली क्षेत्रमा बस्ने नन्दकिशोरले बुधबार बेलुका उनका छोरा अभिषेक ९१२० र छोरीहरु अंशिका ९८० र अर्तिका ९६० छतमा पढिरहेका बेला यस्तो घटना भएको जानकारी दिए ।

    मृत बालिका गाउँकै प्राथमिक विद्यालयमा कक्षा एकमा अध्ययन गरिरहेकी थिइन् । परिवारले उनको शवलाई पोस्टमार्टम गर्न अस्वीकार गरेको छ ।

    यस घटनाबारे डाक्टर सत्येन्द्र कुमार यादवले बालबालिकाको क्रियाकलापमा निगरानी गर्ने हो भने यस्ता दुर्घटनाबाट जोगाउन सकिने बताए ।

    उनले बालबालिकालाई सुताएर खाना खुवाउन र पानी पिउनबाट पनि रोक्नुपर्ने बताएका छन् । यस्तो गर्दा सास नलीमा खाना वा पानी गएर अड्किएर उनीहरुको ज्यानसमेत जान सक्ने उनले चेतावनी दिएका छन् । एजेन्सी

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend