प्रधानमन्त्री प्रचण्डलाई देउवाकाे बधाई

images
  • 87
    SHARES
  • पौष ११, २०७९ सोमबार
    प्रधानमन्त्री प्रचण्डलाई देउवाकाे बधाई
    images

    deuba_prachanda_4C6bAW65so (1).jpgतस्बिर : सामाजिक सञ्जाल

    काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएकाे छ ।

    आज साेमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गाेपनीयताकाे शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएकाे हाे । शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुग्नुभएकाे थियाे । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छाेडेर जानुभएकाे थियाे । 

    यही मङ्सिर ४ गते भएकाे चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएकाे थियाे तर सरकारकाे नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा माओवादीले एमालेसँग नयाँ समीकरण बनाएकाे छ । नयाँ समीकरणमा एमाले–माओवादीसहितका दलहरू छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend