रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

images
  • 89
    SHARES
  • पौष ११, २०७९ सोमबार
    रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन
    images

    ११ पुस, काठमाडौं

    गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले शीतल निवास अगाडि प्रदर्शन गरेका थिए ।

    पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजञ्जमा राखिएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend