नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

images
  • 68
    SHARES
  • पौष १२, २०७९ मंगलबार
    नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास
    images

    १२ पुस, काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

    भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ कुराकानी भएको थियो । नेपाल भारत सम्बन्ध अगाडि बढाउन एकआपसमा मिलेर अघि बण्नुपर्छ भन्ने प्रतिवद्धता गरेका थियौं ।’

    अब पनि त्यही विश्वासका साथ अघि बढ्ने उनले बताए । प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति निवासबाट निस्किँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएको र लगतै भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर बधाई दिएको समेत प्रचण्डले सुनाए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend