जनकपुरमा रेलले किच्दा एक यात्रीको मृत्यु

images
  • 79
    SHARES
  • पौष १३, २०७९ बुधबार
    जनकपुरमा रेलले किच्दा एक यात्रीको मृत्यु
    images

    जनकपुरधाम

    धनुषामा रेलले किचेर बुधबार एक पुरुष यात्रीको मृत्यु भएको छ । विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर यात्रीको मृत्यु भएको हो ।

     

    सो रेल भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए । लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend