काठमाडौँ, पुस १३
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई छाडेर नेकपा (एमाले)संग गठबन्धन गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसंग माफी मागेका छन् ।
‘प्रचण्डजीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कनेबेला खबर नगर्ने ? यो रबैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्ताका कुरा सुनाउँदै भने ।
ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले जानकारी दिए । सरकारलाई समर्थनका लागि समाजवादी अझै पनि पर्ख र हेरको नीतिमा रहेको उनले बताए।



