तमू ल्होसारको तयारी अन्तिम चरणमा

images
  • 180
    SHARES
  • पौष १३, २०७९ बुधबार
    तमू ल्होसारको तयारी अन्तिम चरणमा
    images

    चितवन ।

    तमू ल्होसार पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । तमू समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले तमू ह्युल छोँज धीँको संग्रहालय महाबौद्ध गुम्बा परिषरमा ल्होसार मनाउने तयारी गरेको हो । ह्युल छोँज धीँले बुधबार पत्रकार सम्मेलन गरेर ल्होसारको तयारीबारे जानकारी गराएको हो । बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर यसवर्ष ल्होसार पर्व मनाउन लागिएको हो ।

    321537148_1105705393450328_1974950994319466608_n.jpg

    तमू ह्युल छोँज धीँले हरेक वर्ष तीन चार दिनअघिदेखि नै ल्होसार पर्व मनाउँदै आइरहेको छ । पुस १५ गते विशेष दिन भए पनि १४ र १५ गते दुई दिनसम्म धुमधामका साथ मनाउँदै आएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् । १४ गते राति तमू विद्यार्थी छोँज धीँ चितवनको संयोजकत्वमा विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।

    सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको समेत उपस्थिति रहने उनको भनाइ छ । उनका अनुसार लोक तथा दोहोरी कलाकारहरू शितल गुरूङ, सविन गुरूङ र चिजा तामाङबाट प्रत्यक्ष दोहोरी गाउने कार्यक्र तय भएको छ । त्यसअघि आज (बिहीबार) बिहान हाजिरिजवाफ र छेलो प्रतियोगिता आयोजना गरिँदै छ । रस्साकस्सी, म्युजिकल चियर, घैँटो फुटाइलगायतका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । प्रतियोगितात्मक कार्यक्रमबाट बिजेता हुनेलाई भने पुस १५ गते दिउँसो हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने अध्यक्ष गुरूङले जानकारी दिइन् । १५ गते बिहान भरतपुरस्थित जयबुद्ध अस्पताल प्रालिको संयोजकत्वमा निःशुल्क स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गर्दैछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend