स्पेनी क्लब कासेरेन्योले गण्डकी–११ लाई ३–० ले पराजित

images
  • 67
    SHARES
  • पौष १३, २०७९ बुधबार
    स्पेनी क्लब कासेरेन्योले गण्डकी–११ लाई ३–० ले पराजित
    images

    काठमाण्डाै –

    गण्डकी ११ स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो एफसीसँगकाे मैत्रीपूर्ण फुटबलमा पराजित भएकाे छ । 

    पोखरा रङ्गशालामा आज बुधवार भएकाे खेलमा स्पेनी क्लब कासेरेन्यो एफसीले गण्डकी-११ लाई तीन–शून्य गाेलले हरायाे । उसका लागि कारमेलो, बेरमु र माइकल कारलेरोले एक/एक गोल गरे । 

    गण्डकी–११ को टिमकाे कप्तानी अनिल गुरुङले गरेका थिए । याे खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ पनि दाेस्राे हाफमा मैदान प्रवेश गर्नुभएकाे थियाे । 

    स्पेनी टोलीले भाेलि बिहीवार काठमाण्डाै-११ सँग काठमाण्डाैकाे दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । काठमाण्डाै–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् ।

    लुम्बिनी

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend