गण्डकी प्रदेशका सांसदले लिए शपथ

images
  • 105
    SHARES
  • पौष १४, २०७९ बिहीबार
    गण्डकी प्रदेशका सांसदले लिए शपथ
    images

    १४ पुस, कास्की। गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

    ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् ।

    राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् ।

    सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् ।

    गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend