बिहीबारपनि भएन सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ

images
  • 57
    SHARES
  • पौष १४, २०७९ बिहीबार
    बिहीबारपनि भएन सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ
    images

    काठमाडौं, पुस १४

    पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन ।

     
    लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ ।नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
    लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend