नरकटिया मेडिकलद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण : ६०० जनाले लिए स्वास्थ्य सेवा

images
  • 140
    SHARES
  • पौष १५, २०७९ शुक्रबार
    नरकटिया मेडिकलद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण : ६०० जनाले लिए स्वास्थ्य सेवा
    images
     
    रत्ननगर
    भानुचोकमा रहेको नरकटिया मेडिकल हलले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा करिब ६०० जना सर्वसाधारणले सेवा लिएका छन्। रत्ननगर नगरपालिकाको वडा नं।८ नरकटियास्थित इन्द्रेणी क्लब परिसरमा भएको कार्यक्रममा ३५९ जना स्त्रीरोग तथा बाँकी मेडिकलसम्बन्धी समस्या लिएर आएका थिए। कार्यक्रममा महिलाहरूमा पाठेघरको समस्या, घुँडा दुख्नेलगायतका समस्या बढी देखिएको आयोजक संस्थाका सञ्चालक सुखीराम महतोले जानकारी दिए।
    322003763_860053521926068_5105289022441454676_n.jpg
     
    कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट तथा स्त्री रोग विशेषज्ञ ९विभागीय प्रमुख० प्राडा सुनिलमणि पोखरेल र वरिष्ठ पेट, छाती, मुटु तथा उच्च रक्तचाप, मधुमेह तथा थाइराइड रोग विषेशज्ञ डा गौरीराम महतोले स्वास्थ्य परीक्षण गरेका थिए। थारु पत्रकार संघ चितवनको सह आयोजना मा गरिएको शिविरमा डा. पूजा आचार्य, डा. चिरञ्जीवी यादव, डा. अभिषेक यादवले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राहीलाई औषधिसमेत नि:शुल्क उपलब्ध गराइएको सह आयोजक संस्थाका अध्यक्ष दिपेश चौधरीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend