१५ पुस, काठमाडौं
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने एक नेताले बताए ।
सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन् ।
जिल्ला तहबाट आएको सुझाव बारे पनि बैठकमा छलफल हुने छ ।



