काठमाडौँ, पुस १६
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ ।
नोभेम्बरको सुरुमा स्ट्राइकरले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा उनले युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको, प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए। युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुनः फर्किएका थिए ।



