माघमा महाधिवेशन गर्ने विवेकशील साझाको निर्णय

images
  • 57
    SHARES
  • पौष १६, २०७९ शनिबार
    माघमा महाधिवेशन गर्ने विवेकशील साझाको निर्णय
    images

    १६ पुस, काठमाडौं ।

    विवेकशील साझा पार्टीको आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

    पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यहरुलाई निशर्त: महाधिवेशनमा समेट्ने निर्णय गरेको छ ।

    साथै वैकल्पिक राजनीतिको वकालत गर्ने दल, समूह वा स्वतन्त्र उम्मेदवारी लिएका व्यक्तिहरुलाई समेत मधिवेशनमा समेट्न राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend