दुर्गा मन्दिर संरक्षण संस्थाको अध्यक्षमा देवी प्रसाद चापागाई

images
  • 120
    SHARES
  • पौष १६, २०७९ शनिबार
    दुर्गा मन्दिर संरक्षण संस्थाको अध्यक्षमा देवी प्रसाद चापागाई
    images

    करिस्मा गुरुङ

    देवघाट तनहुँ:पुस १६ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको दुर्गा मन्दिर संरक्षण संस्थाको शनिवार प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । सोही अधिवेशनबाट संस्थाको अध्यक्ष पदमा देवी प्रसाद चापागाई सर्व सहमत चयन भएको हो ।

    321308437_1534342553751282_4137377965911156735_n.jpg

    आज भएको उक्त अधिवेशनबाट अध्यक्ष पदमा देवी प्रसाद चापागाई, उपाध्यक्ष पदमा एलिजा अधिकारी, सचिव पदमा ऋषिराम पौडेल, कोषाध्यक्ष पदमा अनोद पोखरेल, सह-सचिव पदमा लक्ष्मी अधिकारी खनाल, सदस्य पदमा सुभन पौडेल, मन बहादुर गुरूङ, गिता गुरूङ, मिन कुमारी ढकाल,कविता न्यौपाने, अगम प्रसाद पौडेल सहित ११ जना सदस्यीय कार्यसमितिमा सर्वसहमत चयन भएको छ।

    321658947_3031258283687321_3509696857047376952_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाटमा मन्दिरहरू धेरै भएतापनि दुर्गा मन्दिर एउटा मात्रै भएकोले यस मन्दिरलाई स्तर उन्नतिको आवश्यक रहेको बताएका छन् । अध्यक्ष थापाले पूर्वाधार विकासका लागि मन्दिरले निर्णय गरेर पालिकाले आगमि आर्थिक वर्षमा बजेट विनियोजन गरिने समेत बताए ।

    321501213_832278951398554_4472475373529913953_n.jpg

    कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले मठ मन्दिरहरूको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भन्दै सबैले दुर्गा मन्दिरको संरक्षण गर्न आग्रह गरे । कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवर दुर्गा मन्दिर संरक्षणमा अति आवश्यक रहेको बताउदैँ मन्दिरलाई संरक्षण गरिराख्न सम्पूर्ण समितिलाई अघि बढ्न आग्रह गरेका थिए ।

    322590225_3455757041320354_8908043391449211809_n.jpg

    उक्त कार्यक्रममा वडा सदस्य बुद्धि बहादुर पाण्डे, वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष याल बहादुर गुरूङ, समाजसेवी छबिजङ्ग सिं ठकुरी लगाएत अन्य बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति रहेको थियोे । कार्यक्रममा दुर्गा मन्दिर संरक्षण संस्थाका सल्लाहकार राजु भुर्तेलले मन्दिरको प्रतिवेदन प्रस्तुत गरेका थियो भने संस्थाको अध्यक्षमा देवी प्रसाद चापागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।322044812_3486138051631588_6618545815055493507_n (1).jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend