माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा हरि चुमान चयन, मुख्यमन्त्रीमा दावि

images
  • 197
    SHARES
  • पौष १७, २०७९ आइतबार
    माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा हरि चुमान चयन, मुख्यमन्त्रीमा दावि
    images

    तनहुँ 

    नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेशसभा संसदिय दलको नेतामा हरी बहादुर चुमान चयन भएको छ । शनिवार देखि सुरु भएको नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेश पार्टीको कार्यालय बैठकले चुुमानलाई दलको नेतामा चयन गरेको हो ।

    चुमान यसअघि पनि माओबादी केन्द्रको संसदिय दलको नेता रहेको थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा चुमान आन्तरीक मामिला तथा कानुन मन्त्री रहिसकेको थियो । तनहुँ आँबुखैरेनी गाउँपालिका निवासी चुमान तनहुँ १ प्रदेश सभा "ख" बाट प्रदेशसभामा दोस्रो पटक र्निबाचित भएको थियो । गण्डकी प्रदेशमा माओबादी केन्द्रले मुख्यमन्त्रीमा दावि गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend