लुम्बिनीका प्रदेश सभा सदस्यले शपथ लिए

images
  • 81
    SHARES
  • पौष १७, २०७९ आइतबार
    लुम्बिनीका प्रदेश सभा सदस्यले शपथ लिए
    images

    रुपन्देही 

    लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सदस्यलाई शपथ गराउनुभएको हो । 

    प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।  

    लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नु हुने भएको छ । प्रदेश प्रमुखले ६९ वर्षीय भुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गर्नुभएको छ । भुसाल नेकपा एमालेबाट गुल्मी २ (क) बाट निर्वाचित हुनुभएको हो । प्रदेश सभाको पहिलो बैठक भाेलि साेमवार दिउँसो १ बजे बस्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend