१८ पुस, काठमाडौं
प्रहरीले कतार पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका-१० सुगमटोल स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा नगरपालिका-१६ बस्ने ३२ वर्षीय हेमसागर भण्डारी रहेका छन् ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्ध नगर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।



