पृथ्वीजयन्ती मनाउन राजेन्द्र लिङ्देनको संयोजकत्वमा समिति

images
  • 86
    SHARES
  • पौष १८, २०७९ सोमबार
    पृथ्वीजयन्ती मनाउन राजेन्द्र लिङ्देनको संयोजकत्वमा समिति
    images

    १८ पुस, काठमाडौं

    २७ पुसमा पर्ने ३०१ औं पृथ्वी जयन्ती राप्रपाले विविध कार्यक्रम गरी मनाउने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले गठन गरेको पृथ्वी जयन्ती तयारी समितिको बैठक सोमबार बसेको छ ।

    बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले पृथ्वी जयन्ती समारोहका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ ।

    राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पनि माग गरेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend