१८ पुस, काठमाडौं
मनाङ मस्याङ्दी क्लबको प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् ।
केही समय अघिसम्म राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा रहेका श्रेष्ठले आगामी सिजनमा मनाङको प्रशिक्षकको रुपमा काम गर्ने भएका छन् ।
स्विडेनका प्रशिक्षक योन कालिनको समयबाट राष्ट्रिय टिमको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका हुन् । उनले अब्दुल्लाह अलमुताइरीको प्रशिक्षण कार्यकालसम्म राष्ट्रिय टिमको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।



