युनाइटेड सिमेन्ट उद्याेगले १६ कराेड १९ लाख रुपैयाँ विद्युत् महसुल तिर्नुपर्ने

images
  • 69
    SHARES
  • पौष १८, २०७९ सोमबार
    युनाइटेड सिमेन्ट उद्याेगले १६ कराेड १९ लाख रुपैयाँ विद्युत् महसुल तिर्नुपर्ने
    images

    धादिङ

    धादिङको धुनिबेसी नगरपालिका जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योग प्रालीले नेपाल विद्युत् प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय ९९ रुपैयाँ विद्युत् महसुल तिर्नुपर्ने भएको छ ।

    सिमेन्ट उद्योगले विद्युत् खपत गरेबापतको रकम प्राधिकरणलाई तिर्नुपर्ने भन्दै धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले यो फैसला गरेको हो । विद्युत् महसुल छुट पाउनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणविरुद्ध उद्योगले चार वर्षअघि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुवँरको इजलासबाट प्राधिकरणसँग सम्बन्धित निकायमा दाबी नगरि सिधै उच्च अदालत आएको भन्दै उत्प्रेषणको आदेशबाट रिट बदर भएको थियो ।

    २०७३ भदौदेखि २०७५ चैतसम्म महसुल तिर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले ठहर गरी महसुल चुक्ता गर्न उद्याेगलाई आग्रह गरेको थियो । महसुल छुट दिनुपर्ने माग गर्दै गरिएको सिमेन्ट उद्योगको दाबी नपुग्ने भएपछि उद्योगले यो रकम तिर्नुपर्ने भएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend