सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मागे प्रगति र समस्याका विवरण

images
  • 72
    SHARES
  • पौष १८, २०७९ सोमबार
    सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मागे प्रगति र समस्याका विवरण
    images

    काठमाडौं 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।

     

    प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरु र विभागीय प्रमुखहरुसँग कामकारबाहीबारे जानकारी लिएका हुन्।

     

    प्रधानमन्त्री प्रचण्डसँग सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र भोग्नु परेको समस्याबारे ब्रिफिङ दिएका छन् । साथै, भोलि (मंगलबार) प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

     

    सबै मन्त्रालयका सचिवहरुले मन्त्रालयको प्रगति विवरण र चुनौतीहरुप्रधानमन्त्री समक्ष पेश गरेपछि प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई निर्देशन दिनेछन्।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend