उत्साह पुर्वक जुटे निर्माणाधीन अवस्थामा रहेको मगर भवन निर्माणको लागि श्रमदान गर्नेहरु

images
  • 385
    SHARES
  • पौष १८, २०७९ सोमबार
    उत्साह पुर्वक जुटे निर्माणाधीन अवस्थामा रहेको मगर भवन निर्माणको लागि श्रमदान गर्नेहरु
    images

     देवघाट तनहुँ : पौष १८ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँबस्ती स्थित नेपाल मगर उत्थान संघ देवघाटको निर्माणाधीन भवनको हल निर्माणका लागि आज मगर संघका ८६ घरधुरीले उत्साह पुर्वक श्रमदान गरेका छन् । सो भवन निर्माण कार्य विगत लामो समयदेखि रोकिएको थियोे ।

    321123903_2003388456537072_7535312581191144695_n (1).jpg

    सो भवन निर्माणको लागि गाउँ पालिका बाट गत आर्थिक बर्ष २ लाख र हाल देवघाट गाउँपालिका ५ नम्बर वडा कार्यालय बाट ३ लाख भवन निर्माणको लागि बजेट विनियोजन भएको छ भने स्वदेश तथा विदेशमा रहेका साथीभाई बाट ४ लाख र संघ बाट ८ लाख र ३ लाख बराबरको श्रमदान गरि भवन निर्माण सम्पन्न गर्नाका लागि करिब २० लाख रुपैयाँ लाग्ने संघका अमर फेवालीमगरले जानकारी दिए। भवनको निर्माण कार्य ९० प्रतिशत काम सम्पन्न भएको समेत बताएको छ।

    321989897_508259114620095_8486108876687086989_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend