जाडो बढेपछि रोहिणीका विद्यालय ६ दिन बन्द

images
  • 85
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    जाडो बढेपछि रोहिणीका विद्यालय ६ दिन बन्द
    images

    १९ पुस, बुटवल

    अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।

    गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले बर्खे बिदामा मिलाउने गरि ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ ।

    जिल्लाका अन्य पालिकाहरुले भने अहिलेसम्म जाडो बिदा दिएका छैनन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend