मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

images
  • 79
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण
    images

    काठमाण्डाै 

    मेलम्चीको पानी वितरणका लागि काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किलो मिटर वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

    बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किलो मिटर वितरण सञ्जालमध्ये चार सय २७ किलो मिटरको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्यसम्म सकिने उहाँको भनाइ छ ।  

    वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कुल सात अर्ब ३६ करोड तीन लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो ।

    निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend