१९ पुस, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन: बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।



