सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द

images
  • 70
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द
    images

    १९ पुस, काठमाडौं

    राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

    विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन् । अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ ।

    हेर्नुहोस राहदानी विभागको सूचना :

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend