पार्टीका नेतासँग छलफल गरेर तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

images
  • 82
    SHARES
  • पौष २०, २०७९ बुधबार
    पार्टीका नेतासँग छलफल गरेर तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन
    images

    २० पुस, काठमाडौं 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका छन् ।

    गुरुङले बुधबार (आज) बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए ।अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले अनलाइनलाइखबरलाई बताए । ‘अरु नेताहरुसँग छलफल गरेर तरुण दलको पूर्ण कार्यसमिति बनाउन भन्नुभएको छ,’ गुरुङले भने ।

    विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए ।

    पार्टी केन्द्रको निर्णय अनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ । १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसले पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाले मनोनित गरेका छन् ।


    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend