तेलको आयातमा प्रतिबन्ध जी–७ ले लगायो रुसी

images
  • 168
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    तेलको आयातमा प्रतिबन्ध जी–७ ले लगायो रुसी
    images

    जी–सेभेन राष्ट्रहरूले रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। गएराति बसेको जी–सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय गरेका हुन्। 

    rrrruuuu.jpg

    छलफलपछि साझा वक्तव्य जारी गर्दै जी–सेभेनका नेताहरूले आफूहरु रुसी ऊर्जामाथिको निर्भरता पूर्ण रुपमा बन्द गर्न प्रतिबद्ध रहेको बताएका छन्। यो प्रतिबद्धतामा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने विषय पनि समेटिएको छ। साथै उपभोक्तालाई स्थिर तथा दिगो ऊर्जा आपूर्ति र सस्तो मूल्यमा ग्यास खरिद सुनिश्चितताका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाइएको छ। 

    समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाबमा राख्न पश्चिमा देशले यस्तो निर्णय गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य जी सेभेनका नेताहरु तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भिडियो कन्फ्रेन्समा छलफल भएको थियो।

    यसैबीच अमेरिकाले रुसको ठूलो ग्यास निर्यातकर्ता ग्याजप्रोम–बैंकका अधिकारी र अन्य व्यवसायीमाथि प्रतिबन्ध लगाएको छ। यस्तै अमेरिकाले रुसका तीन टेलिभिजन स्टेसनमाथि प्रतिबन्ध लगाएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend