मगर साँस्कृतिक संघ चितवनले संस्कृति जोगाउन कौराहा प्रतियोगिता गर्ने

images
  • 463
    SHARES
  • पौष २१, २०७९ बिहीबार
    मगर साँस्कृतिक संघ चितवनले संस्कृति जोगाउन कौराहा प्रतियोगिता गर्ने
    images

     करिष्मा गुरुङ चितवन, पुस २१

    नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने गर्ने भएको छ । संघले विहिबार पत्रकार सम्मेलन गरेर पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका अध्यक्ष ठाकुर सिं आलेमगरले चितवनमा मगर समुदायको बसोबास बाक्लिँदै गएको र मगर साँस्कृतिक संघ चितवनले संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेकोमा जिल्ला र व्यक्तिगत तर्फबाट सहयोग रहने बताए।

    321308434_704297991402041_5811647492442968815_n.jpg

    प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ६ वटा समूहले भाग लिइसकेको संघका उपाध्यक्ष रमेश रानामगरले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहाने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिने रानामगरले बताएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।

    321417858_504024911833962_1981689197540034621_n.jpg

    पुरस्कार फागुन १५ गते मगर दिवसको दिन प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । प्रथम हुनेलाई पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा नेपाल मगर संघ चितवनको प्रतिनिधित्व गरी कौराहा नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । कार्यक्रम सम्पन्न गर्नको लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान संघको छ । यस कार्यक्रमको लागि भरतपुर महानगरपालिका वडा नंं. ७ ले सहयोग गरेको छ । सो कार्यक्रममा नेपाल मगर संघ प्रदेश ३ का मुख्य सचीव मिलन थापामगर,नेपाल मगर संघका चितवन जिल्लाका सह सचीव भिम बहादुर थापामगर,फोनिज चितवनका उपाध्यक्ष तुलमान गुरुङ,फोनिज चितवनका कोषाध्यक्ष सुनिल श्रेष्ठ,फोनिज चितवनका सह सचीव सबिता दराई,तामाङ पत्रकार संघ चितवन अध्यक्ष बबिलाल तामाङ,नेवा पत्रकार संघ चितवनका अध्यक्ष अनुज जोशी, नेपाल मगर पत्रकार संघ चितवनका सल्लाहकार ईश्वर रानामगर लगाएतको उपस्थिति रहेको थियो भने नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आले मगरको अध्यक्षता सम्पन्न भयो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend