सुन आज तोलामा ८ सय रुपैयाँ सस्तो

images
  • 73
    SHARES
  • पौष २२, २०७९ शुक्रबार
    सुन आज तोलामा ८ सय रुपैयाँ सस्तो
    images

    काठमाण्डाै - 

    सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

    हिजो १ लाख ३ हजार १ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर भइरहेकाले नेपाली बजारमा पनि घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend