कान्ति बाल अस्पतालले मनायो ६१ औँ वार्षिकोत्सव

images
  • 92
    SHARES
  • पौष २२, २०७९ शुक्रबार
    कान्ति बाल अस्पतालले मनायो ६१ औँ वार्षिकोत्सव
    images

    काठमाण्डाै

    काठमाण्डाैकाे महाराजगञ्जमा रहेकाे कान्ति बाल अस्पतालले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज शुक्रवार एक कार्यक्रमबीच ६१ औँ वार्षिकोत्सव मनाएको हो ।

    कान्ति बाल अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताउनुभयो । उहाँले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट पाँच सय शय्याकाे स्वीकृतिका लागि अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र पाँच सय शय्याकाे स्वीकृतिका लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताउनुभयो ।

    सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुसी व्यक्त गर्दै आउँदा दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend