११ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर

images
  • 122
    SHARES
  • पौष २२, २०७९ शुक्रबार
    ११ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर
    images

    २२ पुस, काठमाडौं

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ हजार रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ ।

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको दाबी  छ ।

    अख्तियारका अनुसार उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग भदौमा ६ हजार रुपैयाँ घुस लिएका थिए ।

    उनले ११ हजार घुस लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा यादवलाई ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend