२२ पुस, काठमाडौं
फागुन १९ गतेदेखि सुरु हुने तय भएको शहीद स्मारक ए डिभिजन लिगका लागि सबै १४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)मा नाम दर्ता गराएका छन् । क्लबहरुले तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेका छन् ।
विहीबार र शुक्रबार मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोवाटो युथ क्लबले क्लब दर्ताको फारम भरेका हुन् । उनीहरुले दर्तासँगै तयारी खर्चको पहिलो किस्ताबापतको रकम पनि बुझेका छन् ।
ए डिभिजन लिग खेल्ने १४ क्लबले तयारी खर्चबापत ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् ।
फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको नयाँ सिजन डवल राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । लिगको खेलतालिका मात्र २ गते निर्धारण हुने एन्फाले जनाएको छ ।



