माधव नेपाल र उपेन्द्र यादवसँगको छलफल सकारात्मक : प्रचण्ड

images
  • 74
    SHARES
  • पौष २४, २०७९ आइतबार
    माधव नेपाल र उपेन्द्र यादवसँगको छलफल सकारात्मक : प्रचण्ड
    images

    काठमाडौं 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् ।

     

    आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

    छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।

     

    छलफल पछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए । उनले भने, ‘विश्वासको मत दिनेमा कुनै शंका छैन ।’

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend