काठमाडौं, पुस २४
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ। प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो।



