सदस्य राष्ट्रहरुबीच सहमति नहुँदा सार्कलाई सक्रिय बनाउन सकिएन : परराष्ट्र सचिव पौडेल

images
  • 115
    SHARES
  • पौष २४, २०७९ आइतबार
    सदस्य राष्ट्रहरुबीच सहमति नहुँदा सार्कलाई सक्रिय बनाउन सकिएन : परराष्ट्र सचिव पौडेल
    images

    २४ पुस, काठमाडौं

    परराष्ट्र मन्त्रालयले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् ।

    आइतबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीचको सहमति जुटन नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टीकरण समेत दिए ।

    सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको स्मरण गराए ।

    उनले भने, ‘सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन। हामी त ८ वटा मध्ये एउटा मात्रै हौं । त्यसकारणले गर्दाखेरी यसमा प्रयत्न भईराखेको छ । रिजल्ट आएको नदेखिएको हुनाले हामीलाई प्रगति नभएको जस्तो लागेको हो । यो स्वभाविक पनि हो । मैले सार्क प्रोसेस किन अगाडि बढने भन्दाखेरी चार्टरले डिफाईन गरेको त्यो प्रोसेसले गर्दाखेरी यो सक्रिय हुन नसकेको हो भन्ने कुरा यहाँहरु समक्ष राखेको हुँ ।’

    सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरु रहेका छन्।ती सबै सदस्य राष्ट्रहरुको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ ।

    बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सो सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनी जिज्ञासा राखेकी थिइन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend