बोझेनीमा स्थानीयलाई पेस्तोल ताक्ने इन्सपेक्टर बुढाथोकीमाथि छानबिन सुरु

images
  • 85
    SHARES
  • पौष २४, २०७९ आइतबार
    बोझेनीमा स्थानीयलाई पेस्तोल ताक्ने इन्सपेक्टर बुढाथोकीमाथि छानबिन सुरु
    images

    काठमाडौं

    काठमाडौंको शंखरापुर नगरपालिका बोझेनीमा विद्युत सबस्टेसन सार्नुपर्ने भन्दै आन्दोलनरत रहेका स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिको छ ।

     

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उक्त विषयमा ध्यानाकर्षण जनाउँदै इन्सपेक्टर बुढाथोकीलाई परिसरमा बोलाइ छानबिन सुरू गरेको बताएका हुन्।

    ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उक्त घटनाको सम्बन्धमा निज प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीलाई यस परिसरमा बोलाएर छानविन सुरु गरिएको छ ।’साथै, स्थानीयवासिन्दाद्वारा गरिएको विरोध प्रदर्शनमा प्रहरी वृत्त बौद्धबाट थप मद्धताको लागि खटिएको इन्सपेक्टर बुढाथोकीले गैह्रव्यवसायिक कार्य गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि प्रवक्ता मैनालीद्वारा भनिएको छ ।

     

    आठ दिनदेखि निरन्तर आन्दोलनमा रहेका स्थानीयमाथि गत शुक्रबार इन्सपेक्टर बुढाथोकीले पेस्तोल ताकेर आन्दोलनरत स्थानीयलाई तर्साउन खोजेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend