प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने

images
  • 76
    SHARES
  • पौष २४, २०७९ आइतबार
    प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने
    images

    काठमाडौँ 

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्षलाई दिएको छ । 

     

    काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयको निर्णय लिने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने तय भएको छ । बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पार्टी संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको लोसपाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend