२५ पुस, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो ।
जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।



