काठमाडौं,पुस २६
निर्देशक दीपेन्द्र के खनाल आफ्नो बहुचर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा छन् । फागुन १२ गतेदेखि छायांकन सुरु हुने फिल्म ‘भष्मे डन’को शीर्ष भूमिकामा विपिन कार्की भइहाले ।
यी तीनमध्ये कुनै एक जना लिड हिरोइनमा तय हुने वा नभए नयाँलाई डेब्यु गराउने संकेत खनालले गरे । ‘भष्मे डन’को निर्माणमा दीपेन्द्र र खगेन्द्र लामिछानेबीच सहकार्य हुँदैछ । फिल्मको पटकथा पनि लामिछानेले लेखेका छन् । ‘भष्मे डन’ले पशुपति प्रसादको चर्चित पात्रको उक्त फिल्म रिलिज भएयताको संघर्ष र यात्राको कथा पेस गर्नेछ ।



