काठमाडौँ, पुस २६
नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
“प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिङ्गो संसद् उभिनेछ”, उहाँले भन्नुभयो, “मुलुकका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको जनताले आभाष गर्न पाउनेछन् ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउने विकल्पसहित आफूहरु राजनीतिमा आएको जनाउँदै उहाँले सरकार र संसद्लाई प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । सामाजिक न्यायसहितको सुशासन प्रवद्र्धनमा वर्तमान सरकार लागिपरेको जनाउँदै उहाँले सरकारलाई विश्वासको मत दिएर नागरिकको अपेक्षा पूरा गराउन सहयोग गर्न आग्रह गर्नुभयो । रासस



