चिनियाँ सेनाको सैन्य अभ्यास ताइवान नजिक

images
  • 172
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    चिनियाँ सेनाको सैन्य अभ्यास ताइवान नजिक
    images

    एजेन्सी 

     चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

    cccchhhh.jpg

    ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला दुई वर्षदेखि ताइवाननजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ ।

    सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिणपश्चिमी भागमा सञ्चालन गरिएका छन् । १८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो । 

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend