२६ पुस, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा धेरै दल र सांसदको समर्थन पाउँदा आफूमाथि न्याय भएको महसुस गरेको बताएका छन् ।
उनले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको पनि बताए ।
मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, खस आर्य सबैको हक, अधिकार, पहिचान र उन्मुक्तिको लागि निकै ठूलो लडाईं लडेको प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले आफूले सशस्त्र विद्रोहको रणनीति र कार्यनीति बनाउँदा पृथ्वी नारायण शाहलाई धेरै पढेको बताए ।



