गण्डकीका मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने

images
  • 113
    SHARES
  • पौष २६, २०७९ मंगलबार
    गण्डकीका मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने
    images

    कास्की 

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते शुक्रवार विश्वासको मत लिनु हुने भएकाे छ । 

    आज मङ्गलवार सत्ता गठबन्धनसँग छलफल गरेपछि मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराउनुभएकाे छ । पुस २९ गते दिउँसाे १ बजेका लागि प्रदेश सभाकाे बैठक डाकिएको छ ।

    सरकारका प्रवक्ता सीता सुन्दासका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद् सचिवालयमा पुगिसकेको छ । अधिकारीले विश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रिहरूको कार्यविभाजन तोक्ने तयारी गर्नुभएकाे छ । अहिले चार सदस्यीय मन्त्रीमण्डल छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend