राखेपले एशियाडका लागि माघको दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्ने

images
  • 97
    SHARES
  • पौष २६, २०७९ मंगलबार
    राखेपले एशियाडका लागि माघको दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्ने
    images

    २६ पुस, काठमाडौं

    राष्ट्रिय खेलकुद परिषद् राखेपले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ ।

    राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुनेछ ।

    प्रशिक्षणमा करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षकको सहभागिता रहने छ । नियमित पछि क्रमैसँग विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

    प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकमा केहि खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केहि खेलका प्रतिभावन खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

    यसअघि गत जेठ असारमा डेढ महिना एशियन गेमका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो । तर सेप्टेम्बर २०२२ मा हुने भनिएको एशियन गेम्स एक वर्षपछि सरेपछि प्रशिक्षण रोकिएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend