पृथ्वी थिए, त्यसैले नेपाल छ, एकता दिवस मनाउँदा हीनताबोध गर्न पर्दैन : राजेन्द्र लिङ्देन

images
  • 73
    SHARES
  • पौष २७, २०७९ बुधबार
    पृथ्वी थिए, त्यसैले नेपाल छ, एकता दिवस मनाउँदा हीनताबोध गर्न पर्दैन : राजेन्द्र लिङ्देन
    images

    काठमाण्डौ 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    ३०१ औँँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा उहाँले पृथ्वी जयन्ती कुनै राजनीतिक दल र विचार विशेषको मात्र नभइ नेपाली नागरिकको गौरव, इतिहास र पहिचानसँग सम्बन्धित जयन्ती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकता दिवस मनाउँदा कसैले हीनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ । पार्टीका तर्फबाट धन्यवाद ज्ञापन र निर्णयको स्वागत गर्छु ।’

    एक प्रश्नको जवाफमा सरकारका प्राथमिकतामा आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको अध्यक्ष लिङ्देनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता आएको छ, सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्छ, मलखादको सहज उपलब्धता गर्ने विषय पनि स्वीकार गरेको छ । दलभित्र छलफल गरेर हामी सरकारमा सहभागी हुने विषयलाई टुङ्ग्याउँछौँ ।’

     

    अन्तिम अपडेट: पुस २७, २०७९

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend