२८ पुस, हेटौंडा
बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् ।
धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।
सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएरपनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद छन् ।
सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभा हलमा राखिएको प्रदेश सभा सचिवालयका सचिव खड्काले जानकारी दिए ।



